You are viewing the translated version of शैक्षिक योग्यताको मान्यता.
Rule 21
शैक्षिक योग्यताको मान्यता
(१) ऐनको दफा: २२ बमोजिम पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग: सम्बन्धित शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिको मान्यता प्राप्त गर्ने प्रयोजनका लागि सम्बन्धित शिक्षण: संस्थाले त्यस्तो शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको लागि निर्धारित पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित सर्त तथा तत्सम्बन्धी अन्य विवरण परिषद्मा पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेस भएको विवरणका आधारमा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिको मान्यताका लागि परिषद्ले तोकेको नियम २३ बमोजिमको विषयगत समितिमा पेस गरी सो समितिको राय सुझाव सहितको प्रतिवेदन परिषद्मा पेस गर्नु पर्नेछ।
(३) “उपनियम (२) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिलाई मान्यता दिन परिषद्ले मन्त्रालयमा सिफारिस गर्नेछ।